काठमाडौँ । बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ । ४ बजे बोलाइएको बैठका पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन...
राजनिति
-
-
ओली र नेपालबीच भेटवार्ता सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।आज बिहान ओलीले न...
-
ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम
काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले ...
-
माधव नेपालसहित चारजना नेताको कारवाही फुकुवा
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो । गठबन्धन सरकार गठनको समय सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा...
-
थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटायो
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाएको छ। जनमोर्चा महासचिव मनोज भट्टले संसद सचिवालयलाई उक्त जानकारी दिएका हुन्। गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दल...
-
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमा...
-
कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा
काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीलाई जानकारी दिइन् । राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् । उनीहरु...
-
खोप खरिदमा भएको कमिशन छानविनको रिट सर्वोच्चले फर्काइदियो
काठमाडौं । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रस...
-
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा गोपाल शर्मा र विन्दमान विष्ट रहेका छन् । शर्मा रुकुमपश्चिमबाट निर्वाचित भएका हुन् भने विष्टले सुर्खेतबाट चुनाव जितेका छन् । नियुक्त भएका मन्त्रीहरुको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यस्त...
-
पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईंलाई गुमायो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धा सुमन अर्पणका साथ उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेद...

























