४ बजे देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।

४ बजे बोलाइएको बैठका पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार बिहीबार बिहान देउवा निवासमा भएको जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् । यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन् ।

यता नेपाल निकट कानुन व्यवसायीहरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन् । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने नेता भीम रावलले बताएका छन् । यी सबै परिस्थिति र समीकरणहरुबारे छलफल गरी पार्टीबाट निर्णय गराउन देउवाले बैठक बोलाएका हुन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार