• रुपन्देहीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

    बुटवल। रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो । बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प...

  • बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु

    रुपन्देही । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । सम...

  • बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

    काठमाडौं । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् । प्रदेशका विभ...

  • बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

    दाङ । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन्। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा...

  • थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। ...

  • न्याय क्षेत्रका १६१ जनामा कोरोना संक्रमण

    काठमाडौं । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई को...

  • म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै...

  • धनुषामा ५ कैदीबन्दीमा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषामा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जनामा क...

  • कोरोना संक्रमणबाट विराटनगरकी गर्भवती महिलाको मृत्यु

    विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टा...

  • संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण

    काठमाडौं । संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो । स्वाव संकलन गरिएका सबैको रिपोर्ट आइनसकेको संघीय संसद सचिवालयले जनाएको छ । आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन...