• निर्वाचनमुखी गठबन्धनले देशलाई फाइदा पुग्दैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने बताउनुभएको छ । उहाँले गणित मिलाएर चुनाव जित्नका लागि मात्रै हुने गठबन्धनले देश र जनतालाई कुनै पनि फाइदा नपुग्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौंको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्री समाजले गरेको ‘...

  • चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस

    काठमाडौँ ।‘जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिनुभएको थियो । अपराध अनुसन्धान विभागका डीआई...

  • ओलीले जनताको भावना बुझ्न सकेनन् : मन्त्री बडू

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्...

  • नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव छ : लिङ्देन

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव भएको बताउनुभएको छ । इमान्दारीताले नै राजनीतिमा विश्वसनीयता बढ्ने र भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने उहाँको भनाइ छ । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको रुपम...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिंचाई, नवीकरणीय उर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा जानकारी ग...

  • आठ महिनामा साढे एक खर्बभन्दा बढीको पेट्रोलिय पदार्थ नेपाल भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कुल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो । अघिल्लो आर्थिक ...

  • चुनावी अभियानलाई तीव्रता दिँदै राउत

    काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् । पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसधारणसँग भेटघाट गर्दै राउतसहि...

  • उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

    काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गर्नुभएको छ । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताउनुभएको छ । उच्च शिक्षामा कसले लगानी गर्ने भ...

  • सबै राजनीतिक दललाई स्थानीय चुनावमा भाग लिन गृहमन्त्रीको आग्रह

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताउनुभयो । आज कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री खाणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह...

  • एमाले कम्युनिष्टमा मात्र होइन समग्रमा ठूलो पार्टी हो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताउनुभएको छ । उहाँले आज केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै पार्टी विशेष परिस्थितिमा रहेको बताउनुभयो । ‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उहाँले भन्नु...