काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् । अध्...
समाचार
-
-
भोटखोला लिङ्गमकी सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार
खाँदबारी । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालब...
-
राजस्व छली आशंकामा एचबी र गणपति ट्रेडमाथि अनुसन्धान हुँदै
काठमाडौँ । दर्ता ठेगाना काठमाडौं रहेका एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सले राजस्व छलेको आशंकामा अनुसन्धान थालिएको छ । राजस्व अनुसन्धान विभागले यी दुई फर्मलाई सात दिनभित्र हाजिर हुन निर्देशन नै दिएको छ । एचबी ट्रेडका सञ्चालक विमल अग्रवाल र गणपतिका दीपेन्द्रकुमार अग्रवाल हुन् । घर ठेगाना र टेलिफोनबाट हाजि...
-
सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन हुन्छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेक...
-
जनमोर्चाको प्रदेश सम्मेलन सर्यो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ । ‘कोरोना महामारी बढेपछि १५–१६ माघमा सातवटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौँ,’ अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो, ...
-
४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’
काठमाडौँ । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकार...
-
एमाले रौतहट अधिवेशन माघ १ गते हुने
रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ । ‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भन्नुभयो, ‘अहिले धमाधम अधिवेश...
-
विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन : विभाग
काठमाडौँ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गरेर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा ...
-
नेपाली सेनाको प्रवक्तामा सिलवाल
काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनुभएको छ । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाक...
-
मन्त्रिपरिषद बैठक अनिश्चित
काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । ‘केही मन्त्रीहरूमा कोरोना संक्...