नेपाली सेनाको प्रवक्तामा सिलवाल

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनुभएको छ । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’ यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहनुभएको थियो ।

पौड्यालले पनि आजबाट सेनाको प्रवक्ताको जिम्मेवारी सिलवाललाई हस्तान्तरण गरेको जानकारी दिनुभएको छ । पौड्यालले आफ्नो कार्याकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार