जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५–१६ माघमा सातवटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौँ,’ अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौँ ।’संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार