• बलात्कारको झुटो आरोप लगाउनेलाई एक महिना कैद

    दाङ । आफूमाथि बलात्कार भएको झुटो उजुरी दिएकी एक युवतीलाई अदालतले एक महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत दाङले ती युवतीलाई एक महिना कैदका साथै बलात्कारको आरोप लागेका युवाहरुलाई जनही २५–२५ हजारको दरले क्षतिपूति तिर्न फैसला गरेको छ । ती युवतीले आफूमाथि सामुहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन...

  • नारायणी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षी...

  • गोरखामा ट्याक्टरबाट खसेर एक विद्यार्थीको मृत्यु

    गोरखा । ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ। गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो। गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टर...

  • मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

    उदयपुर । उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्। उपचारका लागि शा...

  • फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

    खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आ...

  • प्रहरीद्वारा अफिम खेती नष्ट

    जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । ...

  • अमेरिकामा भक्तपुरका एक युवकको सडक दुर्घटनामा परि मृत्यु

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ । सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीला...

  • निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिनुभयो। दाङकी ५ वर्षी...

  • हेटौंडामा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु

    मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अ...

  • बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

    रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर ...