निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधिन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो । दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । मृतक यादव भारतको बेतियाका हुन् ।

आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो । रातोपातीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार