बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् ।
कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले रातोपाटीलाई जानकारी दिए । मृतक सापकोटाको बन्चरो प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।
मृतक सापकोटालाई आफ्नै छोरा वर्ष ३० का अञ्जन सापकोटाले बन्चरो प्रहार गरेर हत्या गरेको र उनलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अधिकारीले बताए । बन्चरो प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।रातोपातीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार