एकैदिन दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण, पाँचको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ७४, ललितपुरमा १०६ र काठमाडौंमा ७६० जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ। गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९५.९ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२२ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार