च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )

बेनी ,सोमबार असार ०१ गते ।
म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो ।

चमरुङ्गदेखी गाउँ जान दुई सय ९० मिटर लम्बाई र डेढ मिटर चौडाइको गोरेटो बाटो निर्माण गरिएको सचिव पुन मगरले जानकारी दिनुभएको हो । वडा कार्यालय जानलाई समेत प्रयोग गरिदैं आएको पहिलेको पैदल मार्ग सांघुरो भएको कारण आवतजावतमा समस्या भएकाले नयाँँ फराकिलो गोरेटो बाटो निर्माण गरिएको सचिव पुन मगरको को भनाई छ ।

केही भागमा सिढी हालिएको छ भने केही भागमा सोलिङ्ग भरिएको उपभोक्ता समितिका अध्यक्ष याम रोका मगरले बताउनुभयो । सो गोरेटो बाटो निर्माण भएपछि च्युरिबोट गाउँ तथा वडा कार्यालय सम्म पुग्नलाई सहज हुने अध्यक्ष रोका मगरको भनाइ छ ।

तस्बिर सौजन्य पदम रोका मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार