संयुक्त राजनैतिक दलित संघर्ष समितिको संयोजकमा याम किसान

अमित बिश्वकर्मा
बेनी ,बुधबार असार ३ गते ।

म्याग्दी जिल्ला स्थित सम्पुर्ण राजनैतिक दलहरुको भातृ संगठनमा आबद्ध दलितहरुको साझा संस्था संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीको बुधबार बेनीमा सम्पन्न बैठकले नयाँ समिति चयन गरेको छ ।

समाजबादी दलित मुक्ति महासंघको तर्फबाट याम किसानको संयोजकत्वमा उक्त संर्घष समिति पुनर्गठन गरिएको हो । पुनर्गठित समितिको सदस्यहरुमा बल बहादुर बिश्वकर्मा, सुकलाल किसान, पदम किसान, भोज बहादुर थापा किसान, नन्द बहादुर बिश्वकर्मा, छबि बिश्वकर्मा, शिव परियार, दल बहादुर मिजार र कृष्ण बहादुर चर्मकार रहनु भएको छ ।

बैठकले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । उक्त समितिमा लाल बहादुर चर्मकार, गब्बे परियार, टेक बहादुर बिश्वकर्मा, जग बहादुर किसान र पुस्कर बिश्वकर्मा रहनु भएको छ ।बैठकले गत जेठ १० गते रुकुम पच्छिम घटनामा जातिय बिभेदका कारण ज्यान गुमाएका नबराज बिश्वकर्मा सहित ६ जनाको दिबंगत आत्माको चिर शान्तीको कामना गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ ।

साथै सरकार समक्ष दोषिलाइ कानुन अनुसार कार्बाहीको माग गर्ने निर्णय पनि गरेको छ । बैठकले पुर्ब संयोजक बल बहादुर बिश्वकर्मालाइ कार्यकाल सफल बनाएकोमा धन्यबाद ज्ञापन समेत गरेको छ ।केन्द्रबाट आउने जुनसुकै संघर्षका कार्यक्रम पनि गर्ने र जिल्लाको परिस्थिति लाइ मध्यनजर गर्दै दलित अधिकारका निम्ती सक्रियताका साथ काम गर्ने योजना बनाएको नब गठित समितिका संयोजक याम किसानले बताउनुभयो ।


दलित एकता आजको आबश्यकता भएकोले जातिय सद्भाव कायम गर्दै रचनात्मक कार्य गर्नका लागि संगठनको महत्वपुर्ण भुमिका रहने सल्लाहकार समितिका सदस्य टेक बहादुर बिश्वकर्माको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार