
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बेनी बुधबार माघ १६ गते ।
म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा ,थर्पुका आगलागी पीडित रोका मगरलाई नेपाली कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । गत पुस २२ गते विद्युत सर्ट भएरआगलागी हुदाँ थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएपछि पार्टीले संकलन गरेको नगद ५१ हजार ३ सय सहयोग रकम मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाको नेतृत्वमा पुगेको टोलीले उपलब्ध गराएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पार्टी सभापति गर्बुजाले विपद्मा पनि कार्यकतासंगै रहेको बताउनुभयो ।
उहाँले बरंजा क्षेत्रमा विद्युतको नियमित आपुर्तीका लागी हिमपातले पुगेको क्षतीका बारेमा स्थानीय कार्यकताले जानकारी गराएकाले काठको पोल विस्थापित गर्न सम्बन्धित निकायको ध्यानर्कषण गराउने बताउनुभयो । उहाँले थप राहतका लागी पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पार्टीका सचिव क्याप्टेन मिन बहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला संघकी अध्यक्ष बिमला गौचन, बेनी नगर समितिका सभापति अनोद श्रेष्ठ, तरुण दलका कोषाध्यक्ष हिरा पुन लगाएतको उपस्थिती रहेको थियो ।
राहत संकलनमा महिला संघ र तरुण दलले समेत सहयोग गरेको थियो । राहत बुझ्दै पीडित रोका मगरले एक्कासी विद्युत सर्ट हुदाँ आगलागी हुदाँ क्षती पुगेको बताउनुभयो । उहाँले आगलागीपछिको राहतमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…