
विश्वकपका १८ लाख टिकट बिक्री
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
बेनी आईतबार माघ १३ गते । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठांै बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले हात पारेको छ ।
न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि हात पारेको आयोजक बेनी बोडिङका लेखापाल बिशाल खत्रीले जानकारी दिनुभयो । प्रतिस्पर्धात्मक रुपमा संचालन भएको खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
बेनी आवासीय माविको युवा रेडक्रस सर्कलको आयेजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका बिजेता र उपबिजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, विद्यालयका प्रबन्ध निर्देशक सनम बानिया, प्रिन्सीपल मोहनराज गोर्खालीले रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १८ हजार र दश हजार रुपैयाँ प्रदान गर्नुभयो ।
प्रतियोगितामा जनप्रिय माविका गोनेस रोका उत्कृष्ट खेलाडी, जनप्रियका आत्मराम सुवेदी उत्कृष्ट कोच, वेष्ट पोइन्टका सज्जन बराइली उत्कृष्ट स्ट्राइकर, बेनी आवासीय माविका दिपक छन्त्याल उत्कृष्ट डिफेण्डर, वेष्ट पोइन्टका अमृत तामाङ उत्कृष्ट मिडफिल्डर, जनप्रियका मिलन रोका उत्कृष्ट गोलरक्षक घोषित भए ।
यसैगरी बेनी आवासीय माविका इश्वर बुढा उदयीमान खेलाडी घोषित भए भने बेनी आवासीयकै अनुपम श्रेष्ठले सात गोल गर्दै सर्बा्धिक गोलकर्ताको उपाधि पाए । उत्कृष्ट टिम व्यवस्थापनमा जनप्रियका सौगात गुरुङ, अनुशासित टिममा म्याग्दी एकेडेमी सिंगा भएका छन् ।
युरेशका अध्यक्ष दिपीका बरुवालको अध्यक्षता र शिक्षक प्रकाश आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका…