म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

प्रताप बानियाँ
म्याग्दी, बिहिबार पौष २६ गते । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । उनले परिवर्तित सन्दर्भमा स्थानीय तहहरुले आफ्नो बजेट विनियोजन र कार्यक्रम सञ्चालन गर्नुपूर्व विकासको आवश्यकताको पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय र व्यवहारीक शिक्षाका लागि अनुसन्धान जरुरी रहेको उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विश्वविद्यालय स्तरमा सञ्चालन हुने तालिम तथा गोष्ठीलाई विद्यार्थीको तहसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए । बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराईलीले क्याम्पसको गुणात्मक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै शैक्षिक उन्नयनका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्ला पुँजी निर्माणको चरणमा नभई परिचालनको अवस्थामा रहेकाले अब पुँजीको निर्माणतर्फ ध्यान दिनुपर्ने बताएका थिए । उनले जिल्लाको शैक्षिक अवस्था र विभिन्न समस्याहरुको विषयमा छलफल चलाइएको भन्दै प्राध्यापकहरुको क्षमता अभिवृद्धि र क्याम्पसको विकासका लागि सञ्चालक समिति लागिपरेको बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक मनबहादुर खत्री, बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेका थिएभने क्याम्पसको क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालक समिति अध्यक्ष सुवेदीको अध्यक्षता, क्याम्पस प्रमुख टिकाराम सापकोटाको स्वागत र प्राज्ञिक सोच, अनुसन्धान तथा प्रकाशन उपसमिति संयोजक भोलानाथ घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी एक हप्तासम्म चल्ने अनुसन्धानमूलक तालिममा ३० जनाको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…