मालढुंगा दुर्घटना अपडेट तीन जनाको मृत्यु ,२० बढी घाईते

बेनी बिहिबार माघ ३ गते । बेनीबाट नारायणगढतर्फ जाँदै गरेको बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा ३ जनाको मृत्यु , २० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।


म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३०० ४०० मिटर तल कालीगण्डकी किनारमा पुगेको छ ।घाईतेको उद्धार कार्य जारी रहेकोे जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार