![](https://myagdinews.com/wp-content/uploads/2019/01/IMG_9120.jpg)
प्रताप बानियाँ
म्याग्दी, शुक्रबार माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/01/IMG_9102-1024x683.jpg)
विद्यालयको बाल शिक्षादेखि कक्षा ८ सम्म अध्ययनरत अति विपन्न तथा असहाय ४० जना विद्यार्थीहरुलाई आधा–आधा दर्जन कापी तथा कलम सहयोग हस्तान्तरण गरिएको क्लबले जनाएको छ । विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महत, लायन्स क्लब अफ म्याग्दी दोभानको अध्यक्ष अम्बिका श्रेष्ठ र संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले शैक्षिक सामग्री वितरण गरेका थिए ।
![](https://myagdinews.com/wp-content/uploads/2019/01/IMG_9113-1024x683.jpg)
सोही कार्यक्रमको अवसरमा लायन्स क्लबमार्फत दुई–दुई थान फुटबल र खेल्ने डोरी स्पिकिङ विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसीलाई हस्तान्तरण गरिएको क्लब अध्यक्ष अम्बिका श्रेष्ठले बताइन् । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै विव्यस अध्यक्ष महतले क्लबले गरेको सहयोगले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा विद्यालयका प्रअ केसीले विद्यालयको समग्र पक्षको विषयमा जानकारी गराएका थिए ।
![](https://myagdinews.com/wp-content/uploads/2019/01/IMG_9122-1024x683.jpg)
लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा स्वागत, सचिव नविना थापा रावलको सञ्चालन, संस्थापक अध्यक्ष बानियाँको समापन मन्तव्यमा सम्पन्न कार्यक्रममा सहसचिव पवित्रा बोगटी केसीले ध्वजाको अभिवादन गरेकी थिइन् भने क्लबका पूर्व अध्यक्ष विमला गौचन, सुनिता केसीसहित अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।