
च्याउ खाँदा बुटवलमा १९ जना बिरामी
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
सन्तोष गौतम
बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ ।
कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएको छ । बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।
‘बुढेशकालले च्यापेपछि ज्याला मजदुरीको काम गर्न छाडे,’ जमुनाले दुख सुनाउनुभयो ‘बृद्धाभत्ता बाहेक अरु आम्दानीको स्रोत नभएपछि भाडा तिर्न नसकेर यहाँ बस्न थालेकी हुँ ।’ तीन कोठे शौचालयको एउटा कोठामा सुत्ने बज्यै नातीहरुले अर्को कोठालाई भान्छाकोठा बनाएका छन् । भान्छा र सुत्ने कोठाको बिचमा रहेको चर्पी भने प्रयोगमा छ ।
विद्यालयमा भएका दुई वटा मध्य एउटा प्रयोग बिहीन शौचालयमा सुनारका परिवार बस्ने गरेका हुन् । नजिकैको अर्को चर्पीबाट पनि दुर्गन्ध आउँछ । ‘बिहान बेलुकी विद्यालयको रेखदेख गर्छु, खाली चर्पीको कोठामा बस्छु भनेर अनुरोध गरेपछि दुख देखेर प्रयोग नभएको शौचालयमा बस्न दिएको,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । गत मंसिरदेखि उनीहरु शौचालयमा बस्न थालेका हुन् ।
‘बुहारी बिदेश गएको बेला छोरा राजुले अर्को बिवाह ग¥यो, बुहारीले पनि दुई जना नातीलाई छाडेर दोस्रो बिवाह गरिन्’, जमुनाले भन्नुभयो ‘बाख्रा पाठा भए बेच्ने थिए, मार्न भएन्, भोकमा खान दिएर स्कुल पठाएकी छु ।’
सोही विद्यालयमा एनोस कक्षा २ र सिमसन बालकक्षामा पढ्छन् । दोस्रो बिवाह गरेर वेपत्ता भएका राजु तीन वर्षअघि बुवा बित्दा पनि घर आएका थिएनन् । सुकुम्बासी सुनारका चार भाई मध्य भारत गएका माइला र साइला छोरा पनि वेपत्ता छन् । घरमै भएका जेठा छोरा ज्याला मजदुरी गरेर जिविका चलाउँछन् ।
अन्नपात मागेर नातीहरु र आफ्नो भोक मेट्ने गरेको जमुनाले बताउनुभयो । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नातीहरुको पढाई, नुन, तेल गर्ने खर्च जुटाउने उहाँले बताउनुभयो । उनिहरुलाई गत हप्ता बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी
संस्थाले सातौ वार्षिकोत्सवको अवसरमा मुठ्ठीदान अभियान अन्तरगत खाद्यान्न सहयोग गरेको थियो । दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको संस्थाकी अध्यक्ष ज्योति लामिछानेले बताउनुभयो । रिखार दैनिक
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…