लाइन्स क्लबद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री सहयोग

दिवाकर सुवेदी ,दरवाङ शनिवार माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख मुल्य बराबरको फोटो थेरापी र युपियस मेसिन सहयोग प्राप्त भएको छ ।


लाइन्स क्लब अफ पोखरा लेकसिटिले सहयोग गरेको सो मेसिन शनिवार एक कार्यक्रमका विच स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
शनिबार लाइन्स क्लब दरवाङ म्याग्दीका अध्यक्ष सन्तोष सुवेदी र प्रमुख अतिथि जोन चियर पर्सन विरबहादुर कार्किले पिएचससिका ईन्चार्ज डा कृष्ण कंडेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।


मेसिनले नवजात शिशुको जन्दीसको लक्ष्यण पत्ता लगाउनुका साथै उपचारमा मदत गर्ने र सेक्नलाई सजिलो हुने क्लब अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
मेसिन हस्तान्तरण गर्दै प्रमुख अतिथि चियर पर्सन कार्किले सहयोगी संस्था लाइन्स क्लब अफ पोखरा लेकसिटीलाई धन्यवाद दिंदै मेसिन जडान संगै मेसिनले ग्रामिण भेगका विरामी बच्चाको उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले बेनी –पोखरा जादा लाग्ने आर्थिक समस्या हत्नेमा विश्वास व्यक्त गर्नुभयो ।


चियर पर्सन कार्किको प्रमुख आतिथ्यता,क्लब अध्यक्ष सुवेदीको अध्यक्षता र क्लब सचिव दिवाकर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
दिवाकर सुवेदी क्लब सचिव ,जनप्रिय माविका प्रअ तथा विभिन्न संघ संस्थामा आवद्ध हुुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार