बेनीमा तारो हान्ने खेल सुरु

बेनी मंगलबार चैत ५ गते । नेपालका अल्पसंख्यक थकाली समुदायले महत्वका साथ तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन सुरु गरेका छन् ।

मंगलबार फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ ।

थकाली सेवा समिति बेनी क्षेत्रले आयोजना गरेको तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले संख्यात्मक हिसाबले न्युन भएपनि सांस्कृतिक रुपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायीत्व भएको बताउनुभयो ।

प्रजिअ लीलाधर अधिकारीले धर्म, संस्कृति, रितिरीवाजको संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन, थकाली सेवा समितिका केन्द्रिय सदस्य हिक्मत शेरचन, बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र मगर संघका उपाध्यक्ष डगमाया पाईजाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता, उपाध्यक्ष कृष्णुकमार शेरचनको स्वागत र सचिव सुन्दरमान शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हिक्मत शेरचन र दरवाङ क्षेत्रका अध्यक्ष बिनोद भट्टचनलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

thumbnail

३९ औं मगर स्थापना दिवसमा बालगृहलाई खाद्यान्न सहयोग (तस्बिर सहित)

म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको…

thumbnail

फोनिजको २१ औं स्थापना दिवस : २०–२० लाख रुपैयाँको दुई अक्षयकोष घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार…

thumbnail

१२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड

काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम,…