बहुउदेश्यीय अक्षयकोष स्थापनाका लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

म्याग्दी, मंगलबार चैत १२ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो ।

अप्रिल २६ शुक्रबार कतारको डल्ला ड्राइभिङको हल सनैयामा आयोजना गर्न लागिएको साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहनेछ । सो कार्यक्रममा कतारमा रहेका म्याग्देली सहित सम्पूर्ण नेपाली र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाइ आमनत्रण समेत गरीएको छ ।

कार्यक्रममा म्याग्देली लोक गायक कुमार पुन, गायिका अमृता श्रीपाल लगायतका चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहनेछ । मोना कतारले जिल्लामा दैवि प्रकोप पिडित, उपचार गराउन नसकेका विरामीहरुलाई सहयोग गर्नुको साथै शिक्षा, स्वास्थ्य, विकास निर्माणमा समेत सघाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार