दुबै मृगौला पीडित म्याग्दी,निस्कोटकी कल्पनालाई सहयोग
मंगलबार, बैसाख १७ गते
। म्याग्दी न्युज संवाददाता
पोखरा, मंगलबार वैशाख १७ गते ।
दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथाविद्यार्थीको सहयोगमा संकलित २८,००० रुपैयाँ सहयोग रकम आजै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले पुन उपचारत गण्डकी अस्पतालमा नै पुगी उनका बुबा बीरबहादुरलाई हस्तान्तरण गरेका हुन् । १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुबै मृगौलामा समस्या आएपछि यतिखेर उनका बाबु बीरबहादुर यतिखेर ठूलो चिन्तामा छन् ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट स्थायी बसेवासभई हाल पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको तिक्लाब बसी दैनिक मजदुरीबाट जीवन यापन गर्दै आएका बीरबहादुर र उनकी श्रीमती सीतालाई
यतिखेर छोरीको उपचार कसरी गर्ने हो भन्ने चिन्ताले सताइरहेको छ ।
“छोरीको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ जति खर्च लागिसक्यो,यही पनि ऋण धन तथा आफन्तको सहयोगबाट गरेका हौं,” उनले भने, “खैडाक्टरले सम्पूर्ण उपचार गर्न अझै २५ लाख रुपैयाँ भन्दा बढी लाग्नेभनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्यौलमा छौं ।” डाक्टरले आफन्तबाट नै मृगौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए ।
अचानक स्वास्थ्यमा समस्या आए पछि पुन दम्पत्तिले कल्पनाको काठमाडौंस्थित किष्ट हस्पिटलमा झण्डै दुई महिना भर्ना गरेका थिए । उक्त क्रममा नै दुबै मगौला खराब भएको थाहा भएको थियो । सामान्य मजदुरी गर्दै आएको आँफूहरूको परिवारमा छोरीलाई अत्याधिक खर्चिलो रोगले च्यापे पछि रात दिन उपचारकै कुरालै पिरोलिरहेको उनले दुःखेशो सुनाए ।
असल मन भएकाहरूको सहयोग पाएमा आँफूलाई छोरीलाई बचाउन सकिने आशा रहेको बताउँदै बीरबहादुरले सहयोग दातालाई आफ्नो मोवाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास
बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
उनका दुई दिदी र एक भाई पनि सोही विद्यालयमा नै पढ्छन् । उनको पोखरास्थित गण्डकी हस्पिटलको मेडिकल वार्डको ४ नं बेडमा उपचार भैरहेको छ । पोखरा न्युज
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…