फोनिज म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न

बेनी बुधबार चैत्र २० गते ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो ।

भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको सदस्यहरुमा रञ्जना श्रेष्ठ ,रश्मी रोका मगर ,दर्पण रोका मगर,कविता कर्मचार्य ,दलप्रसाद तिलिजा र हेना खड्का छन्त्याल रहनुभएको छ । भेलाले आगामी ६ महिना भित्रमा प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । प्रथम जिल्ला भेला संगै म्याग्दी फोनिजको ५५ औं शाखाको रुपमा स्थापना भएको छ ।

कार्यक्रममा भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि फोनिज केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज हुमबहादुर गुरुङले फोनिजको परिचय ,उद्धेश्य,मिडिया तथा चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आदिबासी जनजाती समुदायको क्षमता विकास र उत्थानका लागि स्वतन्त्र आवाजको रुपमा फोनिज पत्रकार महासंघ स्थापना भएको स्पष्ट पार्नुभयो ।

साथै प्रमुख अतिथि गुरुङले बिभेदमा पारिएका जनजाती समुदायको भाषा ,कला र संस्कृतीको उत्थान र राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन पत्रकारको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । जातिय मुद्धा उत्थानका लागि सबै एक हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले पत्रकार एउता समुदायको मात्र नभई सबैको साझा बन्नुपर्ने बताउनुभयो ।

‘राज्यबाट विभेदमा पारिएका आदिवासी जनजाति समुदायको लोपोन्मुख भाषा ,कला ,र संस्कृती उत्थान र राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन आविवासी जनजाति समुदाय नै विभिन्न क्षेत्रबाट अगाडी बढेमा मात्र अधिकार प्राप्त गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।‘आविवासी जनजाती समुदायको भाषा, कला र संस्कृतीको संंरक्षण र उत्थान गर्न तथा राज्यको हरेक निकायलाई समावेशी मैत्रि बनाउन स्थानिय ,प्रदेश र संघिय सरकारले जोड दिन आवश्यक छ ।’


जिल्ला संयोजक राम्जालीको अध्यक्षता ,केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज गुरुङको प्रमुख आतिथ्यता ,सञ्चारकर्मी समिर रोका मगरको स्वागत मन्तव्य र सदस्य दर्पण रोका मगरको संचालमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार