स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग

बेनी शुक्रबार चैत्र २१ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ ।


बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्यक्ष राजेश शाक्यले क्यान्सर पिडित उपाध्यको आफन्त बालकृण आचार्यलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावका कारण गरिब परिवारका रोगिले अकाल्मै ज्यान गुमाउन नपरोस् भनि स्थापना भएको शान्ति कोषले सेवा क्षेत्रलाई प्रभावकारी बनाउन साढे एक करोड अक्षकोष स्थापनार्थ विभिन्न कार्यक्रम मार्फत आर्थिक सहयोग संकलनमा जुटेको छ । कार्यक्रममा प्रमुख अतिथि राम्जालीलाई कोषले स्वागत तथा सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार