गल्कोटमा बाढीको वितण्डा : दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो

बागलुङ, आइतबार बैशाख १ गते ।
बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ ।


असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको घरहरुमा बाढी पसेको छ ।

दिउँसो २ बजेबाट साँझ ७ बजेसम्म भीषण पानी परेपछि गौदीखोलाले हटिया प्रहरी चौकी नजिकै रहेको पुल पनि बगाएको स्थानियहरुले जानकारी दिए ।
गल्कोटमा अझै पानी पर्ने सम्भावना भएकाले हटियाबजार क्षेत्र उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय गल्कोटले जानकारी दियो ।


यस्तै जैमिनी नगरपालिकाको ठेउँले खोलाले पनि आफ्नो सिमा नाघेको छ । भीषण पानीले जैमिनी नगरपालिकामा पनि धेरै स्थानहरुमा पहिरो गएको छ । खबरवे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार