![](https://myagdinews.com/wp-content/uploads/2019/04/20151201092547_clipboard04_FQRFNYpwFm.jpg)
काठमाडौं, बुधबार बैशाख ४ गते । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच ९रिड०गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन।
![](https://myagdinews.com/wp-content/uploads/2019/04/20151201092547_clipboard04_FQRFNYpwFm.jpg)
अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभागमा रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। त्यसो त स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार १०० वटा कार्ड रिडर मेसिन उपलब्ध गराइसकेको छ।
सफ्टवेयरलगायत आवश्यक प्राविधिक व्यवस्थापन नहुँदा कार्ड रिडर यातायात व्यवस्था विभागमै थन्काइएको छ। थाहा खबर