कविता-चन्द्रे दाई

दर्पण रोका मगर

चन्द्रे दाई,
संसार जितेर आफै हार्नेहरु मध्य
हारेर पनि फेरि उठ्नेहरु मध्य
सकारात्मक सोच र झरनाको खोचहरुमा
सम्भावनाको खोजि गर्नेहरु मध्य
केबल तपाई हो चन्द्रे दाई।
चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ?
मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ?
एकदिन भक्तहरु सङ्ग भगवानले
एउटा चिज मागे भने भक्तहरु के दिन सक्छन ?
चन्द्रे दाई
हजारौं माईलको यात्रा एक पाईला बाट हुन्छ
हजारौ मानिसको भिडमा एउटा असल मानिस हुन्छ
यहि भनी बक्सेको हैन हजुरले,
यात्राहरुमा पुर्ण रुपमा बिराम नलागोस
असलहरुको बिचमा खराबहरु नपसुन
तिम्रा चर्किएका छातिमा शान्तिको शिक्षा मलम बनुन,
चन्द्रे दाई
हेर आकास पनि त उस्तो सफा देखिदैन
घाम लाई पनि त झुक्याउछ बादलले
पानीहरु पनि त बाढि ल्याउछ्न कहिले
हावाहुरी पनि त कहिले बहदैनन एकनाशले,
एकदिन सगरमाथामा आगो लागेपछी
हिउ पग्लिएर मात्र बचेको हुन्छ काला पथ्थर
हो चन्द्रे दाई केबल हामी काला पथ्थर हौ
मात्रै सेता सकारात्मक बिचारले भरिएका हुन्छौ।।
आउ हेर तिम्रो अघि बसेको छ एउटा आस्था
आउ हेर तिम्रा पछि साथ दिदैछ एउटा आशा
फेरि मुस्कुराउने प्रयास गर्दैछ हरियो डाँडाहरु
फेरि पात फेर्दै छ रिट्टिएको रुखहरु।
स्मृतिलाई साथमा राखेर
यात्राहरुको गित गाउ
पिडाहरुलाई ठाटी राखेर
पुनर्जिबनको ढोल पिटौ।।

प्रकाशित मिती : बेनी मंगलबार बैशाख १० गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार