एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो ।
श्रमिक दिवसका अवसरमा पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रमका विच पत्रिकाको स्थापना देखि हालसम्म कम्युटर सेटिङमा महत्वपुर्ण योगदान पु¥याउनुभएका प्रमोद शर्मा, पत्रिकालाई आम पाठकसामु पु¥याउने कार्यमा उत्कृष्ट वितरकको भुमिका निर्वाह गर्नुभएका वितरक सन्ते नेपाली र कुशल व्यवस्थापकको भूमिका निर्बाह गरेको भन्दै व्यवस्थापक सोनिया क्षेत्रलाई नगद र सम्मान–पत्रले पत्रिकाका प्रकाशक तथा सम्पादक ठाकुरप्रसाद आचार्यले सम्मान गर्नुभएको हो ।
संस्थामा क्रियाशिल सञ्चारकर्मी योगदानको उच्च मुल्याङ्कन गर्दै श्रमको सम्मान गर्ने संस्कार आफैबाट सुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नविकल्पका प्रकाशक तथा सम्पादक आचार्यले बताउनुभयो । ‘हामी संचारकर्मीहरुले श्रमको सम्मान गर्ने संस्कारको विकास आफैबाट सुरु गर्नुपर्ने बताउँदै प्रकाशक आचार्यले भन्नुभयो ‘आगमी वर्ष पनि निरन्तरता दिँदै जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई सम्मान गर्ने छौं ।’
नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापन,द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (आइतबार) स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
लमजुङ । ६२ वर्षीया पुतली परियार र बुबा ७५ वर्षीय सुकबरे परियालाई जेठको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट आएको खबरले एकैछिन पनि मन शान्त हुन दिएन । २७ वर्षअघि जागिर खान भारत पसेको…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…