नेपाल शिक्षक संघ म्याग्दीको स्थायी शिक्षकहरुलाई सम्मान तथा प्रवोधिकरण कार्यक्रम

बेनी ,शनिबार बैशाख २८ गते । नेपाल शिक्षक संघ म्याग्दीले स्थायी शिक्षकहरुलाई सम्मान तथा दिर्घकालिन सेवा निवृत्त शिक्षकहरुलाई अभिनन्दन गरेको छ । ३० औं नेपाल शिक्षक संघ दिवसको अवसरमा नेपाल शिक्षक संघ म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा आयोजित एक कार्यक्रमका विच लोकसेवा मार्फत स्थायी भएका करिब पचास जना शिक्षक र दिर्घकालिन सेवा निबृत्त शिक्षकहरुलाई सम्मान गरिेएको हो । साथै यो बर्षको उत्कृष्ट स्थानिय शिक्षक संघमा रघुगंगा गाउँपालिका सम्मानित भएको छ ।

कार्यक्रममा शिक्षकहरुलाई शिक्षक संघको प्रवोधिकरण सम्वन्धी प्रशिक्षण गराईएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्र राज दाहाले नेपाल शिक्षक संघको संघिय भावि रणनिती ,कार्यक्रम,योजना र उदेश्य बारेमा जानकरी गराउनुभएको थियो । उहाँले पेशागत संगठनमा नेपालकै ठुलो संगठनको रुपमा स्थापित नेपाल शिक्षक संघमा करिब एक लाख भएको बताउनुभयो । अध्यक्ष दाहालले शिक्षालाई प्रविधि मैत्रि बनाउनुपर्नेमा जोड दिनुहुँदै शिक्षक पनि प्रविधि मैत्रि शिक्षा प्रदानमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष भरत लम्सालले संघको बार्षिक निति तथा कार्यक्रमको प्रवोधिकरणको बारेमा प्रशिक्षण गराउनुभएको थियो ।
नेपाल शिक्ष संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशव प्रसाद रेग्मी,नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति,पुर्व सांसद रेशम बहादुर बानियाँ, बरिष्ठ नेता नेत्र बहादुर महत क्षेत्री ,नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मी,सचिव क्याप्टेन मिन बहादुर कार्की,प्रवक्ता एवम् नेपाल शिक्षक संघ म्याग्दीका पुर्व अध्यक्ष अजय मिलन श्रेष्ठ ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी , नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी,नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमल प्रसाद उपाध्याय, नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष युकुमार गर्बुजा मगर लगायतले सम्मानित शिक्षकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष सुवेदीको अध्यक्षता ,संघिय अध्यक्ष दाहालको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ म्याग्दीका उपाध्यक्ष नगेन्द्र बहादुर खत्रिको स्वागत मन्तव्य र सहसचिव रामचन्द्र पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी कार्यक्रममा शिक्षक कल्याणकारी कार्यका लागि ७३ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष सुवेदीले १० हजार रुपैया,उपाध्यक्ष खत्रीले १० हजार रुपैयाँ र सचिव गजेन्द्र श्रेष्ठले १० हजार रुपैयाँ सहित ११ पदाधिकारीहरुबाट सो अक्षयकोष स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार