‘कांग्रेस जनताको पुरानो साथी हो’: नेता रकाल

बेनी ,आइतबार जेठ १९ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ । एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ ।

यसैगरी शनिबार जिल्लाको रघुगंगा गाउँपालिका ८ कुईनेमंगले र ७ चिमखोलामा नेपाली कांग्रेस म्याग्दीले जागरण अभियान सम्पन्न भएको छ ।


आमसभालाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक एवम नेपाली कांग्रेसका जिल्ला सहसचिव भरत बहादुर रकालले अहिलेको सरकाले जनतामा त्रास पैदा भएको बातउनुभयो । उहाँले राज्यले जनता माथि गरेको दमन जनताबाट नै प्रतिकार गराउन र दुई तिहाईको सरकारको दम्भलाई तोडी देशमा सुशासन ,शान्ति तथा अमनचयन ल्याउन कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो ।

सरकार काण्डैका काण्डले देशलाई छियाछिया भएको अवस्था र सरकारले गरेको दमनका बिरुद्ध अव सबै नेपाली जनता जाग्नु पर्ने समय आएको उहाँको भनाई छ । कांग्रेस जनताको पुरानो साथी भएकाले जनताको दुख मर्म कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने उद्धघोष गर्नुभयो । अभियानमा कुइनेमंगले र चिमखोलाका स्थानियहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

शिक्षक संघले जनप्रतिनिधिलाई ग¥यो सम्मान (फोटो फिचर)

धनिलाल गर्बुजा म्याग्दी । नेपाल शिक्षक संघ रघुगंगाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार वडा नम्बर ४ स्थित दर्मिजामा नेपाल शिक्षक संग रघुगांगको आयोजनामा स्थानीय तहको चुनावमा नेपाली…

thumbnail

विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम (फोटो फिचर)

धनिलाल गर्बुजा म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय  स्तरीय सामुहिक लोकनृत्य  प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक…