![](https://myagdinews.com/wp-content/uploads/2019/06/kui.jpg)
बेनी ,आइतबार जेठ १९ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ । एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/kui.jpg)
यसैगरी शनिबार जिल्लाको रघुगंगा गाउँपालिका ८ कुईनेमंगले र ७ चिमखोलामा नेपाली कांग्रेस म्याग्दीले जागरण अभियान सम्पन्न भएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/61986810_116220332945820_9083078892930990080_n.jpg)
आमसभालाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक एवम नेपाली कांग्रेसका जिल्ला सहसचिव भरत बहादुर रकालले अहिलेको सरकाले जनतामा त्रास पैदा भएको बातउनुभयो । उहाँले राज्यले जनता माथि गरेको दमन जनताबाट नै प्रतिकार गराउन र दुई तिहाईको सरकारको दम्भलाई तोडी देशमा सुशासन ,शान्ति तथा अमनचयन ल्याउन कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो ।
सरकार काण्डैका काण्डले देशलाई छियाछिया भएको अवस्था र सरकारले गरेको दमनका बिरुद्ध अव सबै नेपाली जनता जाग्नु पर्ने समय आएको उहाँको भनाई छ । कांग्रेस जनताको पुरानो साथी भएकाले जनताको दुख मर्म कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने उद्धघोष गर्नुभयो । अभियानमा कुइनेमंगले र चिमखोलाका स्थानियहरुको उपस्थिति रहेको थियो