दलप्रसाद तिलिजा / बेग, बुधबार जेठ २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको गाउँ खोला टोल समितिको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । साविक वडा नं ५ पाँचको ठुलो गाउँमा निमाणाधिन भवनलाई सोहि वडाका शिवनाथ पुर्जाले आर्थिक सहयोग गर्नुभएको हो ।
पुर्जाले टोल समितिकी सदस्य लक्ष्मी फगामी मार्फत टोल सुधार समितिका अध्यक्ष उदबहादुर पुर्जा मगरलाई ३१ हजार १ सय १५ रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो । गाउँमा हुने बैठक ,भेला तथा विभिन्न सामाजिक कार्यका लागि भवन अभाव भएकाले भवन निर्माणका लागि सहयोग गरिएको सहयोगदाता पुर्जाले जानकारी दिनुभयो ।
सहयोगदाता पुर्जालाई धन्यवाद दिनुहुँदै टोल सुधार समितिका अध्यक्ष पुर्जाले भवन निर्माण संगै टोल समितिको बैठक ,भेला तथा सामाजिक कार्यका लागि प्रयोगमा ल्याइने बताउनुभयो । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको तीन लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग,स्थानीय टोल बासीको आर्थिक सहयोग तथा श्रमदानमा एक तले पक्की भवन निर्माण हुन लागेको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…