बेनी ,बुधबार जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको समन्वय बैठकमा उपस्थीत सरोकारवालहरुले बाल महिला हिंसा यौन शोषण र मानव बेचविखन जस्ता अपराधलाई न्युनिकरण गर्नका लागि सचेतना मुलकक कार्यक्रम संचालन गर्नुपनेएमा जोड दिएका हुन ।
कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले महिला हिंसा र बलात्कारका घटनााहरु बढेकोमा चिन्ता व्यक्त गर्दै सबै पक्षको सहकार्यबाट नै यस्ता घटनाहरुलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमएनी परियोजनाका संयोजक निरज प्याकुरेलले शक्ती समुहले मानव बेचविखन तथा बाल यौन शोषणमा प्रभावितहरुलाई उद्धार गरी उनिहरुलाई समाजमा पुर्नस्थापना र उनिहरुलाई शिक्षा लगायत अन्य जिवन यापनको क्षेत्रमा सघाउँदै आइरहेको जानकारी दिनुभयो ।
उहाँले नेपालमा अशिक्षा ,बेरोजगारी र गरिबीका कारण मानव बेचविखन तथा बाल यौन शोषणका घटना बढ्ढै गएको बताउनुभयो । मानव बेचविखन तथा बाल यौन शोषणका विरुद्ध सरकारी तथा गैरसरकारी निकायविच समन्वय गरि एकजुट भई अगाडी बढ्नुपर्ने संयोजक प्याकुरेलको भनाई छ । गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र शक्ती समुह पोखराकी संयोजक सरिता पौडेलको सहजिकरणमा कार्यक्रम समपान भएको थियो ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…
कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…