मालिका गाउँपालिकाको बजेट ३९ करोड ८४ लाख बढी

बेनी ,बुधबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७६ ÷०७७ का लागि ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार चौथो गाउँसभाबाट सो बजेट ल्याएको हो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ र पुँजिगततर्फ १५ करोड ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालू आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याएको हो ।

बजेटमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ८ करोड ३२ लाख, संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट रु ६ करोड ९५ लाख, सशर्त अनुदान रु १२ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु १ करोड २१ लाख ४५ हजार, प्रदेश सरकारबाट शषर्त अनुदान १ करोड ,प्रदेश राजश्व बाँडफाँड रु २२ लाख ४९ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु ३५ लाख र सामाजिक सुरक्षा भत्ता ४ करोड ९० लाख र चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित रु ४ करोड रुपैयाँलाई स्रोत अनुमान गरिएको छ ।

गाउँपालिको सबै वडा र वस्तीमा बाह्रै महिना सडक संचालनमा ल्याउनका लागि गौरवका आयोजनाहरुको निर्माण , मर्मत र स्तरोन्नतीका लागि ३ करोड ८० लाख, ‘मेरो सडक मेरो पनि लगानी ,गाडी नचल्दा हुन्छ हैरानी ’ भन्ने मुल नाराका साथ सडकलाई नियमित संचालनका लागि आकस्मीक कोष स्थापना ,सडक निर्माण ,भवन निर्माण र अन्य पुर्वाधार निर्माणका लागि २ करोड ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

बाल मैत्रि गाउँपालिका घोषणाका लागि १० लाख ,स्वास्थ्य तर्फ २० लाख,खानेपानी तर्फ एक घर एक ट्याङकीको अवधारणा अवलम्बन गर्ने निती लिएको गाउँपालिकाले युवा खेलकुद तथा संस्कृती अन्तर्गत ‘खेलकुद विकासमा मेरो समयदान ,प्रत्येक वडामा खेलमैदान’ निति अनुसार एक वडा एक खेल मैदान ,अध्यक्ष कप खेलकुद प्रतियोगिता ,तथा विभिन्न्न प्रतियोगिताहरु संचालन गरी खेलाड्रीलाई प्रोत्साहन संगै राष्ट्रिय खेलाडी उत्पादन गर्न ७ लाख ५० हजार रुपैयाँ ,सात वटा वडाका बेरोजगार युवाहरुको पहिचान गरी रोजगारी सम्बन्धी कार्यक्रम संचालनका लागि २० लाख ,सात वटा वडाको समाजिक विकास,शिक्षा ,स्वास्थ्य ,सरसफाई ,सांस्कृती प्रर्धन ,खानेपानी मर्मत ,तथा पर्यटन र संस्कृती प्रवद्र्धनका लागि ८० लाख ,लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि १० लाख ,विपन्न आवास कार्यक्रमका लागि जग्गा छनौट गरी त्यसको डिपिआर बनाई कार्यक्रम संचालनका लागि १५ लाख ,भेदभाव तथा छुवाछुट न्युनिकरणका लागि १३ लाख ,

गाउँपालिकाको जग्गा खरिदका लागि १ करोड ,प्रत्येक वडा कार्यालय र स्वास्थ्य कार्यालयको जग्गा खरिद तथा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तयि शिक्षामा सुद्धिदृढिकरण कायम गर्न ४० लाख ,कृषि तथा पशुपंक्षी तर्फ एक गाउँ एक उत्पादन कार्यक्रम संचालनबाट एक घर एक रोजगार सृजना गर्ने ,कृषिमा फलफुलमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने , सुन्तला जोन ,भिर मह व्यवस्थापन,बराह ताल ताल संरक्षण ,प्राचिन गुफा संरक्षण ,तरकारी विउविजन खरिदका लागि ८० लाख ,उद्योग,वाणिज्य तथा लघुउद्यम प्रवर्धन तर्फ २५ लाख ,विपद व्यवस्थापनका लागि४५ लाख ,संस्थागत विकास तर्फ २६ लाख ,राजश्व परिचालन अन्तर्गत तालिम संचालन र व्यवस्थापनको सम्भाव्यता अध्ययन प्रतिवेदन तयारका लागि ७ लाख र शुसान तर्फ एक लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।


सामुदायिक विद्यालयको सिकाई उपलब्धि वृद्धीका लागि प्रबिधिको प्रयोग, अध्यक्ष संग शैक्षिक विकास कार्यक्रम , उपाध्यक्ष संग स्वास्थ्य तथा सरसफाई कार्यक्रम,लघुजलविद्युत उत्पादनमा जोड ,छिमेकी गाउँपालिकाको सहकार्यमा सामुदायिक एफएम संचालन गर्ने ,शुन्य दरबन्दी रहेका विद्यालयका लागि अनुदान ,जानप्रीय माविमा उच्च शिक्षा संचालन गर्ने ,मालिका गाउँपालिकालाई धार्मिक तथा पर्यटन संग जोड्न तथा हरेक वडामा रहेका पर्यटकिय स्थलको संरक्षण,प्रवद्र्धन र भौतिक संरचना निर्माण, जिल्लाको पुरानो कृषि प्राविधिक विद्यालय किसानी माविको भौतिक पुर्वाधार निर्माण तथा प्रवद्र्धन, आयआर्जन मुलक सिप तथा तालिमको व्यवस्था लगायत विभिन्न कार्यक्रम संचालन जनाइएको छ ।

विगत २ वर्षको अनुभव, सरोकारवालाको सुझाव, वडाबाट आएका माग र आवश्यकताको आधारमा समृद्धी गाउँपालिका निर्माणका लागि बजेट, नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँँले समृद्ध गाउँपालिका निर्माणका लागि गाउँपालिका बासीहरुले पनि निती ,बजेट तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आह््वान गर्नुभएको छ । गाउँसभामा उपाध्यक्ष विटालुले प्रस्तुत गर्नुभएको योजना तथा बजेट संशोधन सहित मंगलबार नै पारित भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार