जिल्ला सैनिक बोर्ड स्थापना, रक्षा सहचारी कर्नेल चाम्बियलद्धारा उद्घाटन

बेनी,सोमबार जेठ २७ गते । म्याग्दीमा जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको भारतिय रक्षा सहचारी कर्नेल अवनिस चाम्बियलले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्नुहुँदै रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपु सैनिकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भारतिय सरकार र नेपाल सरकार विचको सम्झौता अनुसार तथा म्याग्दी बासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्ड स्थापना गर्रिएको बताउनुभयो ।


सार्थै उहाँले बोर्ड स्थापना संगै भारतिय सेनाबाट अवकास प्राप्त भुपु सैनिकहरुले पाउने सेवा सुविधा जिल्लामा नै पाउने जानकारी दिनुभयो । भारत र नेपाल सरकारको सम्बन्ध इतिहास कालदेखी नै सांस्कृतिक, धार्मिक तथा राजनितिक रुपमा प्रगाढ रहको उहाँको भनाई छ ।

नेपाली भुपु सैनिकको हरेक समस्या समाधानका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सैनिक बोर्ड स्थापनाले भुपु सैनिकहरुलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा सैनिक बोर्ड नहुँदा जन्म ,मृत्य विवाह तथा बसाइसराई सम्बन्धी भुपु सैनिकहरुले ठुलो समस्या भोक्दै आइरहेको बताउनुभयो । बोर्ड स्थापना संगै समस्या समाधान हुनेमा विश्वस्त रहेको प्रजिअ अधिकारीको भनाई छ ।

कार्यक्रममा भुपु सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मिन बहादुर कार्कीले म्याग्दीका भुपु सैनिकहरुको १६ बर्ष सम्मको संघर्ष पछि जिल्ला सैनिक बोर्ड स्थापना हुन सफल भएको बताउनुहँुदै खुशी व्यक्त गुर्नुभयो ।

म्याग्दीमा ५ हजार बढी भारतिय भुपु सैनिक रहेका छन् । जिल्ला सैनिक बोर्ड म्याग्दीका सेक्रेटरी सुवेदार क्याप्टेन सोम बहादुर थापाको अध्यक्षता, कल्याणकारी सेवा केन्दका्र सचिव खुम बहादुर बानियाँको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार