मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेनी,बुधबार जेठ ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बिमबाट कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको शुभराम्भ गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहृँदै गाउँपालिकाका अध्यक्ष रोका मगरले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो । गरिब तथा विपन्न परिवारका बेरोजगारीहरुलाई गाउँपालिकाले प्राथमिकता दिएको अध्यक्ष रोका मगरको भनाई छ ।

बेरोजगार युवायुवतीलाई रोजगारी प्रदान गर्ने उद्देश्यले संघिय सरकारको कार्यक्रम अनुसार गाउँपालिकाको सबै वडामा रोजगार कार्यक्रम संचालनका लागि ३० लाख रुपैयाँ बजेट उपलब्ध भएको उपाध्यक्ष खरमाया वटालुले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकामा ६ सय जना बढीले वडा मार्फत बेरोजगार फारम भरेका छन् । फारम भरेका मध्य विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको रोजगार कार्यक्रम संयोजक सावित्री संयोजक गर्बुजाले जानकारी दिनुभयो । वडा अध्यक्ष रेशम जुग्जालीको अध्यक्षता र वडा सचिव मिलन थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार