लागुऔषध दुरुपयोग विरुद्धको साताव्यापी कार्यक्रम सुरु

म्याग्दी ,विहिबार असार ५ गते । म्याग्दीमा लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापि कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनमा विहिबारदेखी बेनी बजारमा सो कार्यक्रम सुरु भएको हो ।

साताव्यापी कार्यक्रम अन्तर्गत दिवसको पहिलो दिन विहिवार बेनीमा सरोकारवाला, सर्वसाधारण र विद्यार्थीहरुको सहभागितामा प्रभातफेरी एवम लागु औषध दुव्र्यसनीबारे जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

आगामी जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापी जनचेतनामुलक कार्यक्रम गरि मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विहिबारदेखी ११ गते सम्म एक हप्ते कार्यक्रम संचालन हुनेछ ।

बुधबार प्रजिअ अधिकारीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत सरकारी तथा गैर सरकारी र निजि क्षेत्रका कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकले जनचेतनामुलक कार्यक्रम सहित दिवस बनाउने निर्णय गरेका हुन् ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ,सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, सरकारी तथा निजि र गैर सरकारी संघ संस्था र विद्यालयहरुको संयोजनमा विद्याार्थि, अभिभावक, आमा समुह, युवा क्लबहरुलाई लागुऔषध दुव्र्यसनबारे जनचेतना अभिबृद्धि गर्ने, बेनी नगरपालिका भित्रको मावि स्तरीय निबन्ध लेखन, जिल्लाव्यापि गाँडा फडानी र औषधी पसलहरुको छड्के अनुगमन लगायतका कार्यक्रम गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार