‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ’ म्याग्दीका खत्रीलाई

म्याग्दी,शनिबार साउन ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारका लागि छनौट हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने २० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि गण्डकी प्रदेशबाट म्याग्दीका खत्री छनौट हुनुभएको हो ।

गण्डकी प्रदेश स्तरको छनौटमा प्रतिस्पर्धा मार्फत खत्री छनौट हुनु भएको महासंघले जनाएको छ । गण्डकी प्रदेशबाट छनौट हुनुभएका पत्रकार खत्री सहित अन्य प्रदेशका पत्रकारहरुलाई आगमी साउन १४ मा काठमाण्डौमा बिशेष कार्यक्रमको आयोजना गरि पुरस्कार राशी प्रदान गरिने जनाइएको छ ।

म्याग्दीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएका खत्री नयाँ प्रत्रिका दैनिक, रासस, एविसी टेलिभिजन लगायत विभिन्न मिडियामा आवद्ध हुनुहुन्छ । खत्री नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव एवम् म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष हुनुहुन्छ ।

प्रतिस्पर्धा मार्फत प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारका लागि म्याग्दीबाट छनौट हुनुभएका खत्रीले खुशी व्यक्त गर्नुहुँदै पुरस्कारले पत्रकारिता क्षेत्रमा अगाडी बढ्न हौसला मिलेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार