सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा

काडमाण्डौं,मंगलबार साउन २१ गते । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन ।

नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताए । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिए तत्काल जफत हुन सक्ने प्रावधान छ । रातोपाटी

सम्बन्धित समाचार

thumbnail

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…

thumbnail

फेरि एक पटक प्रधानमन्त्री हुने मन छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…