म्याग्दी , विहिबार साउन २३ गते । म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
ऐतिहासीक धार्मिक एवं पर्यटकीय स्थल जगन्नाथ मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका राम बहादुर बानियाँले जानकारी दिए । उनका अनुसार साउन २७ गते गाजने परिसरमा जगन्नाथको रथयात्रा गराइने छ ।
ऐतिहासीक पर्वत राज्यका समालवंशी तृतिय मल्लराजा दिलिपबम मल्ल (डिम्ब )ले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको इतिहासमा उल्लेख रहेको आयोजक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । जगन्नाथको रथयात्राको दिनमा भोज खुवाउने प्रचालनलाई सरकारी भोज भनिएको कोषध्यक्ष पौडेलको भनाइ छ ।
आयोजक समितिका अध्यक्ष बानियाँको अध्यक्षता र स्थानीय दिपक पौडेलको संचालनमा कार्यक्रम समापन भएको थियो ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…
लमजुङ । ६२ वर्षीया पुतली परियार र बुबा ७५ वर्षीय सुकबरे परियालाई जेठको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट आएको खबरले एकैछिन पनि मन शान्त हुन दिएन । २७ वर्षअघि जागिर खान भारत पसेको…