लाम्मेलाका पहिरो पीडितलाई आर्थिक तथा खाद्यान्न प्रदान

बागलुङ,आइतबार साउन २६ गते । बागलुङको तमानखोला गाउँपालिका– ४ लाम्मेला सन्तरका पहिरो पीडितहरुलाई एक लाख ४८ हजार राहत रकम तथा खाद्यन्न सहयोग गरिएको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको विश्वकर्मा समाज, राजनैतिक दलका प्रतिनिधि, तमानखोला गाउँपालिकामा स्थायी घर भई बुर्तिबाङमा अस्थायी बसोबास गर्दै आएकाहरुको सक्रियतामा संकलन गरिएको राहत वितरण गरिएको हो ।

अभियानबाट संकलित एक लाख ४८ हजार राहत रकम सहित खाद्यन्न, लत्ता कपडा, भाडाँकुडा लगायतका राहत सामाग्री हस्तान्तरण गरिएको पत्रकार योगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । पत्रकार विश्वकर्माका अनुसार मृतकका परिवारलाई प्रतिपरिवार २४ हजार ४ सय ५५ रुपैयाँका दरले ३ घर परिवारलाई ७३ हजार ३ सय ६५ रुपैयाँ राहत रकम हस्तान्तर गरिएको छ ।

पहिरोमा परी गम्भीर घाइते ३ जनाका परिवारलाई प्रति परिवार १२ हजार २ सय २५ रुपैयाँका दरले ३६ हजार ६ सय ७५ रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ भने पहिरो प्रभावित ५ परिवारका सामान्य घाईते ४ जनालाई जनही ९ हजार ४५ का दरले ३६ हजार १ सय ८० रुपैयाँ उपलब्ध गराइएको छ ।


राहत संकलन अभियानकै क्रममा संकलित साढे ३ क्वीन्टल चामल, ११ केजी दाल, ९ केजी नुन, ७ केजी भुजा, सात प्याकेट चाउचाउ, १ प्याकेट बिस्कुट, दुई वटा गाग्री, १ ओटा बाल्टी, ११ ओटा थाल, २० प्याकेट खानेतेल, २ ओटा कराई, ४ ओटा बाँटा, १० ओटा ब्लाङ्केट, ३ थान डसना सहित लत्ता कपडाहरु पनि आजै पहिरो प्रभावितलाई उपलब्ध गराइएको छ । धौलागिरी एफएम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार