कदमद्धारा मृगौला रोगीलाई सहयोग

म्याग्दी,सोमबार भदौ ९ गते ।
कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न भएका र जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कदमले तीन वर्षअघि स्थापना गरेको अक्षयकोषमा करिब एक लाख रुपैयाँ रहेको निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो ।

साउन २ गते सुत्केरी भएलगत्तै दुवै मृगौलामा खरावी देखिएपछि थलिएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण महँगो खर्च लाग्ने मृगौला रोग उपचारमा समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार