ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष

काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो ।

दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो ।आर्थिक वर्ष २०६८÷६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित इसान कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो ।
पक्की मोटरेबल पुल एक करोड ३० लाख लागतमा निर्माण गर्न इसानले सम्झौता गरेको थियो । सम्झौता गरेको ६ वर्षमा पुल ढलान गर्न लगाइएका फर्मासमेत बर्खामा बाढीले बगाएपछि निर्माण कार्य अलपत्र बनेको थियो ।

नागरिक दैनिकमा यो समाचार सरिता श्रेष्ठको बाइलाइनमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार