बेनी विहिबार भदौ २६ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को दास्रो जनजागरण अभियान अन्तर्गत विहिबार मुनामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ३ मुनामा सम्पन्न भएको हो । मुनाको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन मगर (निरज)ले सम्बोधन गर्नुभयो ।
अभियानलाई सम्बोधन गर्नुहुँदै संयोजक एवम् पुर्व सांसद निरजले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र झुटका बारेमा भण्डाफोर तथा जनतालाई सचेत बनाउन कांग्रेसले जागरण अभियान थालेको बताउनुभयो । वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको आरोप लगाउनुभयो । शिक्षा ,स्वास्थ्यमा सुधार नभएको र रोजगारी सृजना गर्नमा सरकार चुकेको बताउनुभयो ।
सुन काण्ड तथा एनसेल कर प्रकरणका दोषीलाई उन्मुक्ती दिने गरेको उहाँको भनाई छ । साथै बालुवातार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाउनुभयो ।
सरकार साम्यबादीदिशातर्फ उन्मुख रहेकाले देशको धर्म संस्कृती संकटमा परेको उहाँको भनाई छ ।‘कमयुनिष्ट सरकार काण्ड काण्डैमा फसेको छ’ उहाँले भन्नुभयो, दुई तिहाइ प्राप्त सरकारले जनतालाई निराशा मात्र दियो अरु दिन सकेन । राष्ट्रबादको नाममा सरकारले लम्पसारबादको निती लिएकाले त्यसलाई राक्नका लागि जनस्तरबाट नै दवाब दिनुपर्ने समय आएको बताउनुभयो ।
नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँको भनाई छ । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।
अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो । प्रदेश सभा २ का सल्लाहकार खिम बहादुर पुर्जा वडा सभापति डमबहादुर भण्डारी, नेपाल तरुणदल मालिका गाउँपालिकाका अध्यक्ष राजेन्द्र जुग्जाली ,तेजिन्द्र थापा लगायतले पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सभापति भण्डारीको सभापतित्व ,प्रदेश सभा २ का सचिव हिराबहादुर पुन मगरको संचालन तथा वडा इकाई सचिव देबेन्द्र रोकाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…