नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु

काठमाडौं,मंगलबार भदौ २३ गते । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो।

चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ।

यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ। शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ। थाहा खबर

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…