जनहित कला केन्द्र मल्मको तिहारे मेलाको तयारी तिव्र ।

थम्मन थापा
बागलुङ,शुक्रबार कात्तिक १ गते ।

गलकोट नगरपालिका ७ मल्मले परम्परागत तिहारे मेलाको तयारी तिव्र पारेको छ । नेपालीको गर्व, उज्यालो पर्व, दरम घुम्टे हामी सबका शान, खेल कला संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ कात्तिक ६ गते देखि ९ गते सम्म विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सहित ७ औं तिहारे मेला तथा संस्थाको ५ औं वार्षिकोत्सव आयोजना गरिएको जनहित कला केन्द्र मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

file photo

मेलामा नगद रु २५ हजार राशी पुरस्कार रहेको खुल्ला साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला साविकको वडा स्तरिय पुरुष रस्साकसी प्रतियोगिता, तिहारे भाईमाला उन्ने प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष थापाले बताउनु भयो ।

मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, बसन्त थापा, दुर्गेश थापा, कर्ण परियार, ईश्वर सिंह, राम खत्री, कुलविर थापाको सांगितिक प्रस्तुती रहने बताईएको छ । मेला अवधिर स्थानिय कला संस्कृति झल्कने नौमती बाजा, सोरठी, देउसी भैलो प्रस्तुत गरिने छ । स्थानिय स्तरमा जनहित कला केन्द्रले विभिन्न समयमा सामाजिक कृयाकलाप सॅगै तालिम, गोष्ठी, अन्तरकृया समेत गर्दै आईरहेको छ । मेला केन्द्रको प्राङगड मल्म गैराखर्कमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : थापा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना…

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…