अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर सहयोग ,सहयोगदातालाई सम्मान
मंगलबार, मंसिर ३ गते
। म्याग्दी न्युज संवाददाता
धिरेन खत्री बेनी ,मंगलबार मंसिर ३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर उपलब्ध गराउने स्थानीय समाजसेवी राज गिरिलाई विद्यालयद्धारा सम्मान गरेको छ। समाजसेवी राज गिरिले विद्यालयलाई दुईथान कम्युटर, नगद १० हजार रुपैयसहित विद्यार्थीलाई खाजा सहयोग गरेका थिए ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करण(अर्जुन) भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ डेकबहादुर भण्डारी, अभिभावक र विद्यार्थीद्धारा फुलमालासहित सम्मानपत्रद्धारा सहयोगदाताँ गिरि र बाल गायिका निसा भण्डारीलाई सम्मान गरिएको थियो । गायिक भण्डारीले मुक्तिधाम माविको कक्षा सातमा अध्ययनरत छिन् ।
गिरिले विद्यालयलाई यस अघि हिमालयन प्रोजेक्टमार्फत ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएका थिए । उनले आगामी दिनमा विद्यालयको शिक्षालाई ब्यवहारिक र प्रविधिमैत्री रुपमा अघि बढाउन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्रअ भण्डारी र शिक्षक सिमा खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
२०२४ सालमा स्थापना भएको स्कूललाई भौतिक पुर्वाधारसंगै प्राविधिक रुपमा कम्युटर शिक्षा संचालन गर्ने योजना रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए । ६० जना अध्ययरत विद्यार्थीलाई विद्यालयले दिवा खाजाको समेत ब्यवस्था गरेको छ । शिक्षक गंगा भण्डारीको संचालन र दिर्घदत्त सुवेदीको स्वागत मन्तव्य रहेका कार्यक्रममा विद्यार्थीद्धारा सास्कृतिक नृत्य राखेका थिए ।
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…