मंगलाको धापुङ गाउँमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण
शुक्रवार, मंसिर १३ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,शुक्रबार मंसिर १३ गते । जिल्लाको पश्चिम मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गम गाउँका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्युनीकरण गर्न जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले लैङ्गिक हिंसाको कारण, असर, न्युनीकरण र कानुनि उपचारको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले सचेतिकरण मार्फत लैङ्गिक हिंसा न्युनीकरण गर्न दुर्गम बस्तीमा सचेतनामुलक कार्यक्रममा जोड दिएको बताउनुभयो ।
बालबिवाह, बहुबिवाह, घरेलु हिंसा, यौन शोषण जस्ता समस्या न्युनीकरणलाई समाजको सहयोग आवश्यक रहेको बताउनुभयो । वडा सदस्य मनमाया चोचाङ्गीको अध्यक्षता, फिल्ड सहायक रतिका मिजारको सञ्चालन र कम्प्युटर अपरेटर सिजन रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
८६ जनाको सहभागिता रहेको कार्यक्रममा वडा सदस्य मनबहादुर थजालीको पनि उपस्थिति थियो । सहभागी महिलाहरुलाई स्थानीय उद्यमीले तयार पारेका सेनेटरी प्याड वितरण गरिएको थियो ।
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…