पर्यटन र कृषि नै युवा समृद्विको मुख्य आधार हो : पर्यटन मन्त्री लम्साल

थम्मन थापा
बागलुङ ,विहिबार कात्तिक २८ गते ।
ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य सम्पन्न भएको छ । होम स्टेको उदघाटन पछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्माण अभियानमा अगाडी बढिरहेको बताउनु भएको छ । गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरुको खोजी गरि गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाईरहेको मन्त्री लम्सालको भनाई छ ।

त्यसको लागि युवाहरुले आवश्यक कागजात र प्रकृया पुरा गरि सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरि आर्थिक समृद्विमा जोडिनु पर्ने उहाँको धारणा छ ।

त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताउनु भयो । यसले यस क्षेत्रको अर्गानिक उत्पादनलाई ज पर्यटन सँग जोडेर पर्यटक आवागमनमा वृद्वि गर्दै यहाँका पर्यटकीय स्थलहरुको विकास तथा स्तरोन्नति गर्न ताराखोला गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । गाउँपालिकामा होम स्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान प्रदान गरेको थियो । ताराखोलामा अहिले ५ वटा होम स्टे सञ्चालनमा रहेका छन ।

सामुदायिक होम स्टे उदघाटनमा स्थानिय महिला समुहले मन्त्री लम्साललाई भव्य स्वागत गरेका थिए । होम स्टेमा स्थानिय लोकल खानाका परिकारहरु, दरमखोलाको चिसो पानीमा हुर्केका स्वादिला रेन्बो ट्राउड माछाको स्वाद लिन सकिन्छ । कार्यक्रम ताराखोला सामुदायिक बहुउद्येश्यीय रेन्बो ट्राउड होम स्टेका सञ्चालक पदम खत्री दिवसको अध्यक्षता, सुवास राज भण्डारीको स्वागत मन्तव्य र वडा अध्यक्ष जीत बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार